श्रीलङ्काली प्रहरीद्वारा भिसा उल्लङ्घनको आरोपमा ६ जना बङ्गलादेशी नागरिक पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक १४ गते १६:४५

काठमाडौँ । भिसाको सर्तहरु उल्लङघन गरेको आरोपमा मङ्गलबार साँझ पश्चिमी प्रान्तबाट छ जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको श्रीलङ्का प्रहरीले बुधबार जनाएको छ ।
उनीहरुलाई बन्दारनायके अन्तर्राष्ट्रिय विमानस्थल नजिकको क्षेत्र सीडुवाको निवासमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिहरूमा १८ देखि ४३ वर्ष उमेर समुहका मानिसहरू छन् । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार मन्त्रीमण्डलका प्रवक्ता विजिता हेराथले भिसा अवधि नाघेका वा भिसाका सर्त तथा नियम उल्लङ्गन गर्ने गतिविधिमा संलग्न हुने विदेशीविरुद्ध सरकारले आवश्यक कदम चालेको बताएका थिए ।
सम्बन्धित













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया