देउवा भन्छन्- कांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन छ

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घको ५२औँ स्थापना दिवसका अवसरमा साेमबार आयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले सरकारसँगको समर्थन फिर्ता नगरेको र आफ्नो बहुमत नभएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए ।
कार्यक्रममा सभापति देउवाले नेविसङ्घको केन्द्रीय कार्यसमितिलाई तत्काल पूर्णता दिने प्रतिबद्धता पनि जनाएका छन् । तोकिएकै मितिमा पार्टीको महाधिवेशन हुने भन्दै सभापति देउवाले देश विकास गर्न युवा विद्यार्थीको ठूलो भूमिका रहने बताए ।
कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टी सभापतिले नयाँ सरकार गठन र सञ्चालनका लागि नेतृत्व लिनुपर्ने धारणा राखे । सत्तारूढ पार्टीभित्रको किचलोका कारण नेपाली जनताले दुःख खेप्नु परेको भन्दै महामन्त्री कोइरालाले अब कांगे्रसले सरकार सञ्चालन गर्नुपर्ने बताए ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढिराखेको आरोप लगाए । उनले न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको धारणा राखे । नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सिनाले लामो समयदेखि खाली रहेका केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने माग गरे ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया