थाइ एयर एसियाको प्रतिबन्ध फुकुवा, आइतबारदेखि काठमाडौं र भैरहवा उडान गर्ने

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ।
आइतबार अनुमतिबिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो।
साथै उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि तत्कालका लागि उडानमा रोक लगाएको थियो।
थाइ एयरले माफी मागेपछी आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने सर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो।
योसँगै अब थाइले आइतबारदेखि (३ नोभेम्बर) दुबै विमानस्थलमा नियमित उडान गर्ने प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
‘थाइ एयरले माफी मागेर भैरहवाबाट उडान गर्ने गरी उडान तालिका पेस गरेपछी काठमाडौंबाट पनि उडान गर्ने सर्तमा उडान अनुमति फुकुवा गरिएको छ,’ उनले भने, ‘ अब थाइले दुबै विमानस्थलबाट नियमित उडान गर्नेछ|’
















नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया