थाइ एयर एसियाको प्रतिबन्ध फुकुवा, आइतबारदेखि काठमाडौं र भैरहवा उडान गर्ने

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ।
आइतबार अनुमतिबिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो।
साथै उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि तत्कालका लागि उडानमा रोक लगाएको थियो।
थाइ एयरले माफी मागेपछी आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने सर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो।
योसँगै अब थाइले आइतबारदेखि (३ नोभेम्बर) दुबै विमानस्थलमा नियमित उडान गर्ने प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
‘थाइ एयरले माफी मागेर भैरहवाबाट उडान गर्ने गरी उडान तालिका पेस गरेपछी काठमाडौंबाट पनि उडान गर्ने सर्तमा उडान अनुमति फुकुवा गरिएको छ,’ उनले भने, ‘ अब थाइले दुबै विमानस्थलबाट नियमित उडान गर्नेछ|’











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया