नेपाल प्रहरीका २ डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस
मेरोन्यूज
२०८१ कार्तिक १५ गते ११:२९

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल हुनुहुन्छ । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन् ।
बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
सम्बन्धित









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया