नेपाल प्रहरीका २ डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस
मेरोन्यूज
२०८१ कार्तिक १५ गते ११:२९

काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल हुनुहुन्छ । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन् ।
बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
सम्बन्धित
















आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया