विश्वकै सबैभन्दा ठूलो गोही ‘क्यासियस’को मृत्यु

अस्ट्रेलिया। विश्वकै सबैभन्दा ठूलो गोही मरेको छ । ११० वर्ष पुरानो यो गोहीको मृत्यु भएको बीबीसीले जनाएको छ । यो भाले प्रजातिको गोहीको नाम क्यासियस थियो ।
क्यासियस नामको यो गोही मगरमच्छ नुनिलो पानीको एक जीव थियो । यसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो ।
नुनीलो पानीको यस गोहीलाई पक्रेर अस्ट्रेलियाको ही क्वीन्सल्यान्डमा राखिएको थियो । क्यासियस यस क्षेत्रका बासिन्दा र पर्यटकका लागि आकर्षक थियो । यो यहाँका अन्य जीवजन्तु र पर्यटकका सवारी साधनमा आक्रमण गर्ने कुराले पनि प्रसिद्ध थियो ।
विश्वको सबैभन्दा ठूलो यो गोही करिब ५ मिटर लामो थियो । यसको तौल नै लगभग एक टन थियो । तर यसको उमेरबाट सटिक र सही जानकारी कोहीसँग थिएन ।
सन् २०११ मा क्यासियसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै सबैभन्दा ठूलो गोहीका रुपमा दर्ता भएको थियो ।
म्यारिनल्यान्ड मेलानेशियाको गोही संरक्षण संगठनले आफ्नो सामाजिक सञ्जालमा यस गोहीका लागि भावुक पोस्ट लेखेको छ, ‘क्यासियस हाम्रो प्यारो साथी र हाम्रो परिवारको एक गौरवान्वित सदस्य थियो ।’













पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया