अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो सर्वेक्षणमा कमलाको थोरै अग्रता

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षण अनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् ।
एबीसी न्यूजको नयाँ तथ्यांकलाई हवाला दिंदै बीबीसीले कमला ह्यारिस र ट्रम्पबीच केवल १ प्रतिशतको भिन्नता रहेको जनाएको छ । कमलालको पक्षमा ४८ प्रतिशत मतदाता रहँदा ट्रम्पको पक्षमा ४७ प्रतिशत रहेका छन् ।
कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि छिन्।
यस्ता सर्वेक्षणहरू देशभरी कुन उम्मेदवार कति लोकप्रिय छन् भनेर जान्ने राम्रो तरिका भए पनि चुनावी नतिजाको भविष्यवाणीका लागि यो पर्याप्त हुँदैन । खासगरी इलेक्टोरल कलेज प्रणालीमा आधारित चुनावी प्रतिस्पर्धा भएकोले पनि यस्ता सर्वेक्षणहरूको नतिजा चुनावको अन्तिम नतिजासँग नमिलेका कैयौं उदाहरण छन् । यस्तो प्रणालीमा प्रत्येक राज्यलाई जनसंख्याको आधारमा निश्चित संख्यामा मत दिइन्छ ।
अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ।
अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैं एउटै पार्टीको पक्षमा मतदान गर्छन्।
दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन्। यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई रणमैदान वा स्विङ स्टेट भनिन्छ।
अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ ।
अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छिन्।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया