भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु
मेरोन्यूज
२०८१ कार्तिक १९ गते १४:२४

भारतको उत्तरी राज्य उत्तराखण्डमा सोमबार बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु हुनुका साथै अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन्।
प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३०मा भएको थियो। मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो।
दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन्। पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ।
मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ भने घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिएको छ।
सम्बन्धित















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया