शुक्रबार, वैशाख ११, २०८३

थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् : तोसिमा कार्की

मेरोन्यूज २०८१ कार्तिक १९ गते १७:००

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डाक्टर तोसिमा कार्कीले  निष्पक्ष रुपमा अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाउन  सरकारलाई आग्रह गरेकी छन् । सांसद कार्कीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै  प्रक्रिया अगाडि बढाउन  आग्रह गरेकी हुन्। कार्कीले रविसँग पर्याप्त‌ बयान पनि नलिई नै म्याद‌ थपिरहेको गुनासो गरेकी छन् । 

Advertisement
NiccNicc

उनले जनताले  प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसकेको समाचार तथा सूचना प्रवाह गरेको दाबीसमेत गरिन्। 

तोसिमाले लेखेकी  छन्, ‘यता थुनामा राखिरहने,‌ अनुसन्धान पनि नगर्ने,‌ पर्याप्त‌ बयान पनि नलिने अनि म्याद‌ चाहिँ थपिरहने । उता जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आमजनसहभागिता तुहाउन खोज्ने । वा ! गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदै छौँ हामी । थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस् । निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस्। दोषी नछुटोस् निर्दोष नफसोस् ।’

रास्वपा सभापति रवि लामिछाने गत कात्तिक ३ गतेदेखि कास्की प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया