पोखरीमा कारसहित डुबेका २ जनाको शव निकालियो

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा कारसहित डुबेका दुई जनाको शव निकालिएको छ।सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव निकालेका हुन् ।
सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई मंगलबार बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।
कारमा सवार गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेला परेको हो ।
कारमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर-२ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए।
उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको थियो।
पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया