मंगलबारबाट आन्तरिक हवाई भाडा ८५ रुपैयाँसम्म बढ्यो

काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेका हुन् ।
एसोसिएसनका प्रवक्ता योगराज कँडेलले अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको बताए ।
हाल सबैभन्दा बढि भाडा भएको काठमाडौं–धनगढीको हो । सो रुटकका लागि अब यात्रुले न्यूनतम ५ हजार ६८५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि सो स्थानको भाडा दर ५ हजार ६०० रुपैयाँ मात्र थियो ।
यसको अतिरिक्त उच्च मूल्यमा सो स्थानको भाडा ९ हजार ४८५ लाग्नेछ । योसँगै अब हवाई यात्रुहरूले साविकको भाडामा भन्दा बढि भाडा तिर्नुपर्ने भएको छ । निगमले वैशाख ४ गते पेट्रोलियम पदार्थसँगै हवाई इन्धनमा समेत प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
क्रिकेटर करण केसीले गरे बिहे
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया