स्वास्थ्यखबरकर्मी खड्कालाई ग्लोबल एएमआर मिडिया अवार्ड २०२४

काठमाडौं । एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर)लाई लिएर गरिएको रिपोर्टिङका आधारमा स्वास्थ्यखबरका धनबहादुर खड्का ग्लोबल एएमआर मिडिया अवार्ड २०२४ बाट पुरस्कृत भएका छन् ।
‘अलार्मिङ एमएमआर: २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शिर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ‘प्रभावहिन बन्दै एन्टिबायोटिक’ बाट उक्त अवार्ड प्राप्त गरेका हुन्।
विश्वका ३० देशका मिडियाकर्मी र संस्थाहरुको संगठन ‘ग्लोबल एएमआर मिडिया अलाइन्स’ले पुरस्कार प्रदान गर्ने गरेको छ। विश्व स्वास्थ्य संगठन ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरिएको थियो। हरेक क्षेत्रबाट प्रतिष्पर्धामा आएकामध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो। छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो। विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन्।
बिहिबार भएको चौथो वार्षिक ग्लोबल मिडिया फोरममा उक्त अवार्ड घोषणा गरिएको हो। दक्षिण-पूर्वी एशियाबाट खड्कासहित तीनजना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा बंगलादेशको ढाका ट्रिब्युनका पत्रकार नुरुल इस्लाम हसिब र भारतबाट प्रकाशित हुने इन्डियन एक्सप्रेसमा अनुराधा मास्क्रेनहस रहेका छन्।
खड्का यही वर्ष सूर्तिजन्य पदार्थबिरुद्धको समाचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदान गर्दै आएको ‘ब्लुमवर्ग स्वास्थ्यमन्त्री पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भइसकेका छन्। एएमआरमा उनले एक दशकदेखि लेखिरहेका छन्। ‘एएमआरलाई विश्व स्वास्थ्य संगठनले विश्वकम मुख्य १० स्वास्थ्य चुनौतीमा राखेको छ,’ खड्काले भने, ‘त्यसैले यस विषयमा चासो बढेको हो। त्यही विषयमा लेखिएको समाचारले अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेकोमा हौसला बढेको छ।’ दुई दशकदेखि नयाँ एन्टिबायोटिकको खोज नहुनु र पुरानो एन्टिबायोटिक प्रभावहिन बन्दै गएका कारण मृत्युको संख्या बढिरहेको छ। एन्टिबायोटिकको सही उपयोगबाट मात्रै प्रभावकारिता कायम राख्न सकिने भएकाले सचेतना महत्वपूर्ण कार्य हो। एएमआरमा विश्व स्वास्थ्य संगठनलगायतले प्राथमिकतामा राखेर काम गरिरहेका छन्।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया