उद्योग परिसंघद्धारा अर्थमन्त्रीलाई ८ बुँदे सुझाब

काठमाडौं । नेपाल उद्योग परिसंघले ८ वटा क्षेत्र तोकेर आगामी आर्थिक वर्ष (२०७८/०७९) को बजेट केन्द्रीत पार्न अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाब दिएको छ ।
नयाँ लगानी प्रोत्साहन, उद्योग, राजस्व र करका नीतिगत तथा कार्यान्वयन पक्षमा सुधार, कृषि क्षेत्रको सुधार तथा लगानी, ऊर्जा क्षेत्र, पूर्वाधार, मौद्रिक क्षेत्र र अन्य क्षेत्रका कार्यक्रम तथा आर्थिक नीतिका सम्बन्धमा बजेट केन्द्रीत हुनुपर्ने सुझाब अर्थमन्त्रीलाई सुझाव दिएको परिसंघले जनाएको छ ।
परिसंघले आगामी आर्थिक वर्षको बजेटमा नयाँ लगानी प्रोत्साहनका लागि १० अर्बको स्टार्टअप फन्ड बनाउनुपर्ने सुझाव दिएको जनाएको छ । यसैगरी उसले औद्योगिक वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धनका लागि १० प्रतिशत नाफा लगानी गर्नुपर्ने व्यवस्था सहितको बजेट हुनुपर्ने जनाएको छ ।
यसैगरी नेपाली उत्पादन लागतलाई प्रतिस्पर्धी बनाउन निर्यातका लागि नगद प्रोत्साहन माध्यमबाट उत्पादन लागत अनुदान दिनुपर्ने बजेट सुझाबद्धारा परिसंघले माग गरेको छ ।
रुग्ण उद्योगलाई उनीहरुको जग्गाजमिन बेच्न दिएर पुनरुत्थान तथा ऋणमोचनको अवसर दिनुपर्ने सुझाब गरेको परिसंघद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । सुझाबमा राजस्व र करका नीतिगत तथा कार्यान्वय पक्षमा सुधारका लागि संघ÷संस्थाहरुको पुँजीगत लाभकर १० प्रतिशत र अन्तिम हुनुपर्ने व्यवस्था ल्याउन माग गरेको हो । उसले अन्तःशुल्क केवल स्वास्थ्यमा खतरा मानिएका वस्तुमा मात्र लगाइनुपर्ने माग राख्नुका साथै कर घटाउने रुपमा अनुमति दिनुपर्ने माग अर्थमन्त्री समक्ष राखेको छ ।
कृषिमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रको सुधार तथा लगानी हुनुपर्ने परिसंघले जनाएको छ ।
२०८० चैतसम्मको कर मिनाहालाई २०८५ सम्म लम्ब्याउँदा आगामी आर्थिक वर्ष (२०७८/०७९) को बजेटले ऊर्जा क्षेत्रमा सुधार देखाउने दाबी परिसंघले जनाएको छ । नेपाली ठेकेदारबाटै निर्माणमा सहभागि भए पूर्वाधारको विकासमा सहज हुने भएकाले आगामी बजेटमा नेपालीलाई प्राथमिकता दिन परिसंघले अर्थमन्त्रीलाई सुझाब दिएको हो
यसैगरी पर्यटन र मौद्रिक क्षेत्रको विकासमा बजेट आए मात्र नेपालको विकास हुने भएकाले सचेत हुन परिसंघले अर्थमन्त्रालयलाई आग्रह गरेको छ ।
सिलिङ र खर्च प्रणालीको मार्गदर्शन तथा ढाँचा अनुसार बजेट निर्माणको अन्तिम चरणमा पुर्याउन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

















इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
प्रतिक्रिया