यही व्यवस्थामै संभावनाहरूको खोजी गर्न जरुरी छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताएका छन्।
शनिवार काठमाडौँमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताए।
उनले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउनसक्नु नै अहिलेको आवश्यकता भएको बताए।
उनले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको उल्लेख गरे। उनले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरू तय गरी लागू गर्नुपर्ने बताए।
उनले भने, ‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शास्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो । लोकतन्त्रको यही आलोकलाई अंगीकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्नु हुँदैन ।’
राष्ट्रपति पौडेलले स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक भएको उल्लेख गरेका छन्।
















खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरूले नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’
यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया