इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते

इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आक्रमणमा दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए । यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पु¥यायो ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले एम्बुलेन्सहरूले घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पु¥याएको जनाएको छ ।
मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरे ।
सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेषबाट बाँचेका तीन जनाको उद्धार गरेको र अरूलाई खोज्ने प्रयास जारी रहेको बताएको छ ।
सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हवाई आक्रमणहरू सुरु गरेको छ ।
लेबनानमा इजरायली हवाई आक्रमणले सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया