भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गदै उनले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए ।
मन्त्री गुरुङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्नसकेमा भाषाको संरक्षणमा योगदान पुग्ने भदै छोराछोरीसँग बोल्दा आमाबाबुले मातृभाषामा बोल्नुपर्नेमा जोड दिए । सरकारका प्रवक्ता मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभई हरेक जातजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले युवाहरू स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसका लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ्नुपर्ने धारणा राखे । “देशमै बसेर केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ । त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यकता छ, जसले आफ्नो खुट्टामा उभिन सघाउ पुग्नेछ”, मन्त्री गुरुङले भने ।
एक अर्को प्रसंगमा उनले नेपालको निजामती, सुरक्षा निकाय, बैंकिङलगायत सबै क्षेत्रमा गुरुङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे । मन्त्री गुरुङको भनाइ थियो,“लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो ।
यस विषयमा गम्भीर भएर सोचौँ र गुरुङ जातिका संघसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्छ । यी संघसंस्था हाम्रा शक्तिकेन्द्र हुन्, यहाँबाट उत्पादन भएका हरेक व्यक्ति नेपालको राजनीतिमा आउन सक्नुपर्छ । तमु विद्यार्थी संगठनमा रहेका युवाले देशको प्रधानमन्त्री, मन्त्री, सचिव बन्ने सपना देख्नुपर्छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले भाषा, संस्कृति संरक्षणका लागि एकजुट हुनुपर्ने बताए । तमु युवा छोंज धींका महासचिव मनराज गुरुङ, अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्ष प्रवीण श्रेष्ठ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, अखिल क्रान्तिकारीका उपमहासचिव सुदिन पौडेलले देशमै भविष्य देख्न गुरुङ युवाहरूलाई आग्रह गरे ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले छोंज धींको नयाँ नेतृत्व चयन गर्नेछ । राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले महाधिवेशनमा एक हजार पाँच सय जनाको सहभागिता रहेको जानकारी दिए ।
तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यसहित विसं २०५२ साल माघ २६ गते स्थापना भएको हो । विसं २०५२ साल माघ २६ र २७ गते बुटवलमा प्रथम महाधिवेशन, विसं २०५४ सालमा काठमाडौँमा दोस्रो सम्मेलन, विसं २०५७ मा चितवनमा तेस्रो सम्मेलन, विसं २०६० सालमा धरानमा चौथो सम्मेलन, विसं २०६३ सालमा पोखरामा पाचौँ सम्मेलन, विसं २०६६ सालमा पोखरामा छैटौँ सम्मेलन, विसं २०६८ सालमा बुटवलमा सातौँ, विसं २०७० मा काठमाडौँमा आठौँ, विसं २०७५ मा काठमाडौँमा नवौँ, विसं २०७९ मा काठमाडौँमा दशौँ सम्मेलन सम्पन्न भएको जनाइएको छ ।
















ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया