सरकारमा रहेपनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी : नेता डा कोइराला

उदयपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा एमाले हाल सरकारमा रहे पनि यी दुवै पार्टी मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको बताएका छन्।
आज कांग्रेस त्रियुगा नगरपालिका–११ ले आयोजना गरेको स्वर्गीय बिपी कोइरालाको शालीक अनावरण कार्यक्रममा उनले बाध्यात्मक परिस्थितिमा दुई पार्टी मिलेर सरकार बनाउनु परे पनि आगामी दिनम यी दुवै पार्टी नै प्रतिस्पिर्धी भएको कुरालाई ध्यानमा राखी सङ्गठनका काममा लाग्नुपर्नेमा जोड दिए।
‘अहिले देशमा राजनीतिक अवस्था सङ्क्रमणको अवस्थाबाट गुज्रिरहेको छ। देशको राजनीतिक परिस्थितिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गर्न बाध्य हुनुपरेको छ तर यी दुई दल नै आगामी दिनमा राजनीतिक प्रतिष्पर्धी दल हुन् भन्ने कुरालाई बिर्सिनु हुँदैन,’ नेता डा कोइरालाले भने, ‘आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनलगायत आगामी २०८४ सालको आम निर्वाचनमा हुने त्यही हो। त्यसैले यस कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ।’
उनले सरकारमा रहेका पार्टीको प्रतिनिधित्व गर्ने नेताहरूले जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्नुपर्ने तथा आमकार्यकर्ताले सरकारले गुण र दोषका आधारमा सरकारका काममा खबरदारी एवं प्रशंसा गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, गुरुराज घिमिरे, कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्की, उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राई, नेता हरि भट्टराईलगायतले सम्बोधन गरेका थिए।
















अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ
प्रतिक्रिया