सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ ।
आज सेयर बजार नेप्से परिसूचक ६२ दशलमव ५४ अंकले बढेर २,७३८ को विन्दुमा कायम भएको हाे ।
आइतबार २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य मात्रै घटेको छ । आज ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोडमाथिको कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै सानिमा जिआइसीको कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ३४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २७ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बलेफी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आइतबार सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया