शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा वकिल पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक २७ गते १५:२५

नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको छ ।
छत्तीसगढको राजधानी रायपुरबाट पक्राउ पर्नेमा फैजान खान नामका वकिल रहेको बताइएको छ । गत हप्ता रायपुरमा सोधपुछ गरेपछि प्रहरीले फैजान खानलाई नोभेम्बर ११ मा बान्द्रा प्रहरी चौकीमा बोलाएको थियो ।
नोभेम्बर ५ मा मुम्बईको बान्द्रा पुलिस स्टेसनमा फोन गरी शाहरुख खानलाई मार्ने धम्की दिँदै ५० लाख भारु मागेको रायपुरका एक प्रहरी अधिकारीले बताएका छन् । यो धम्की आएपछि प्रहरीले फोन गर्ने ती अज्ञात व्यक्ति विरुद्ध भारतीय न्याय संहिताको धारा ३०८ र ३५१ अनुसार मुद्दा दर्ता गरेको थियो । धम्की आएको फोनको सिमकार्ड रायपुरका फैजान खानको नाममा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया