उद्योगमा काटिएको बिजुली जोड्ने प्राधिकरणको निर्णय
मेरोन्यूज
२०८१ कार्तिक २७ गते १६:५९

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको छ ।
मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन निर्देशन दिएको थियो।
डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेका उद्योगले महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते ३४ उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ७ उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न तयार भएसँगै लाइन जडान गरिएको थियो।
सम्बन्धित










TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया