मंगलबार, जेठ ६, २०८२

जनताको विश्वास र भरोसा प्रमुख दलहरूप्रति नै छ : शंकर पोखरेल

मेरोन्यूज २०८१ कार्तिक ३० गते २०:३८

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनतामा प्रमुख दलहरूका प्रति नै विश्वास र भरोसा रहेको बताएका छन् ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

“जनता असन्तुष्ट छन् र उनीहरू प्रमुख दलहरूका प्रति नै विश्वास र भरोसा गर्छन्,” महासचिव पोखरेलले भने, “र, उनीहरूबाटै सुधारको अपेक्षा पनि गर्छन् ।”

यही सन्देश दिनका लागि आफूहरूले मंसिर ७ गते जागरण सभाको आयोजना गर्न लागेको उनले बताए । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा हुन लागेको छ ।

एमालेले अराजकता फैलिएको भन्दै जागरण सभाको आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया