जनताको विश्वास र भरोसा प्रमुख दलहरूप्रति नै छ : शंकर पोखरेल
मेरोन्यूज
२०८१ कार्तिक ३० गते २०:३८

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनतामा प्रमुख दलहरूका प्रति नै विश्वास र भरोसा रहेको बताएका छन् ।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
“जनता असन्तुष्ट छन् र उनीहरू प्रमुख दलहरूका प्रति नै विश्वास र भरोसा गर्छन्,” महासचिव पोखरेलले भने, “र, उनीहरूबाटै सुधारको अपेक्षा पनि गर्छन् ।”
यही सन्देश दिनका लागि आफूहरूले मंसिर ७ गते जागरण सभाको आयोजना गर्न लागेको उनले बताए । एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त आयोजनामा जागरण सभा हुन लागेको छ ।
एमालेले अराजकता फैलिएको भन्दै जागरण सभाको आयोजना गर्न लागेको हो ।
सम्बन्धित

















निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
विवादकाबिच बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहणमा भारतका सभामुख ओम बिरला जाँदै
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
महाशिवरात्रिमा आएका साधुसन्तलाई बिदाइ गर्दा २१ प्रकारका सामग्री प्रदान गरिने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
प्रतिक्रिया