शुक्रबार, वैशाख ११, २०८३

राष्ट्रिय हितका लागि सविधान संशोधन : सभापति देउवा

मेरोन्यूज २०८१ मंसिर १ गते ७:१५

डडेल्धुरा । सोमबारदेखि जिल्ला भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान राष्ट्र हितका लागि संशोधन गर्नुपर्ने बताएका छन्।

Advertisement
NiccNicc

डडेल्धुरामा नेपाल प्रेस युनियनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने सहमति भएको खुलासा गरे। उनले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने बताए । अरू दलहरूलाई पनि समेटेर दुई तिहाई पुर्‍याउने र संविधान संशोधन गर्ने सहमति भएकाले देउवाको भनाइ छ ।

गठबन्धन भत्किने कुराहरू आमसञ्चार माध्यमबाट सुन्ने गरेको भन्दै सभापति देउवाले त्यस्तो नहुने बताए । उनले भने, “प्रेसबाट गठबन्धन फुट्ने कुराहरू मैले पनि सुन्छु । प्रेसमा मात्रै छ । अरू कही छैन ।”

यो गठबन्धन २०८४ सम्मै जान्छ भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भने, “दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो । त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा । मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ ।”

प्रतिक्रिया