ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास

युक्रेन । युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि आफ्नो देशमा जारी युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले ट्रम्प विजयी भएपछि फोनवार्ता भएको समेत जनाए। उनले यस विषयमा ट्रम्पसँग भएको टेलिफोन वार्तामा रुसका मागका बारे कुनै कुरा नभएको तथा युक्रेनको वर्तमान पोजिसन धरमराउने कुनै विषयमा कुरा नभएको जनाए।
सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस र युक्रेनको युद्ध तत्काल रोकिनु पर्नेमा ट्रम्पले जोड दिँदै आएका छन्। उनले युक्रेनमा लगातार सैन्य सहयोग गरी रहँदा अमेरिकाको श्रोत समेत खर्च भएको बताएका थिए। उनले निर्वाचन अभियानको क्रममा सो कुरा जोडतोडले उठाएका थिए।
युद्धको सुरुवातदेखि गएको जुन महिनासम्म अमेरिकाले सबैभन्दा धेरै सहयोग गरेको थियो। अमेरिकाले यस बिचमा ५५.५ अर्ब अमेरिकी डलर बराबरको हतियार सहयोग गरेको थियो। तर अमेरिकाका घरेलु मतदाता यस कुरामा असन्तुष्ट रहेको कुरा गएको निर्वाचनमा देखिएको थियो। खासमा रिपब्लिक मतदाता सो युद्धको अन्त्य चाहन्छन्।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया