ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास

युक्रेन । युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि आफ्नो देशमा जारी युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। उनले ट्रम्प विजयी भएपछि फोनवार्ता भएको समेत जनाए। उनले यस विषयमा ट्रम्पसँग भएको टेलिफोन वार्तामा रुसका मागका बारे कुनै कुरा नभएको तथा युक्रेनको वर्तमान पोजिसन धरमराउने कुनै विषयमा कुरा नभएको जनाए।
सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस र युक्रेनको युद्ध तत्काल रोकिनु पर्नेमा ट्रम्पले जोड दिँदै आएका छन्। उनले युक्रेनमा लगातार सैन्य सहयोग गरी रहँदा अमेरिकाको श्रोत समेत खर्च भएको बताएका थिए। उनले निर्वाचन अभियानको क्रममा सो कुरा जोडतोडले उठाएका थिए।
युद्धको सुरुवातदेखि गएको जुन महिनासम्म अमेरिकाले सबैभन्दा धेरै सहयोग गरेको थियो। अमेरिकाले यस बिचमा ५५.५ अर्ब अमेरिकी डलर बराबरको हतियार सहयोग गरेको थियो। तर अमेरिकाका घरेलु मतदाता यस कुरामा असन्तुष्ट रहेको कुरा गएको निर्वाचनमा देखिएको थियो। खासमा रिपब्लिक मतदाता सो युद्धको अन्त्य चाहन्छन्।













बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया