उम्मेदवारी दिन लागेका व्यक्तिलाई अपहरण शैलीमा अज्ञातस्थल लगेको रास्वपाको आरोप
मेरोन्यूज
२०८१ मंसिर २ गते १३:५६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दिन तयार पारेका कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्ताले धाक धम्की दिएको तथा अपहरण शैलीमा अज्ञातस्थलमा लगेको आरोप लगाएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला मङ्सिर १ गते दिउँसो करिब १ बजे थापा र उनका श्रीमान् बल थापालाई करिब ४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगिएको बताएका छन् ।
रास्वपाले पछिल्ला घटनाहरूबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्नका लागि अनुरोध गरेको छ ।
सम्बन्धित











हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
रवि र बालेन भित्र छलफलमा, सुधन गुरुङले बाहिरबाट लगाइदिए ताला
त्रिविका १६ हजार विद्यार्थी दीक्षित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया