सोमबार, चैत २, २०८२

सुनको मूल्य बढ्याे, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०८१ मंसिर ३ गते ११:०५

काठमाडौँ । आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेर एक लाख ६० हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६० हजार रुपैयाँ थियो।

Advertisement
nepal life insurencenepal life insurence

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटिसकेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ रुपैयाँले बढेको छ। हिजो मूल्य घटेर एक हजार नौसय पाँच रुपैयाँमा झरेको चाँदी आज एक हजार नौसय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया