जापानी समाजसेवी योजीको सहयोगमा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न

काभ्रे। काभ्रेको भुम्लु गाउँपालिका वडा नं ८ स्थित प्रकाश उच्च माध्यमिक विद्यालयमा जापानी समाजसेवी योजी माचुदाको सहयोगमा यही मंसिर १ र २ गते संचालित २ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
उक्त शिविरमा ९ बर्षदेखि ८७ वर्ष सम्मकाबिरामीले आँखा परीक्षण गराएका थिए । जसमध्ये ३ सय २ जनाको आँखा परीक्षण गर्दा ८० जनामा नजिकको देख्ने समस्या भएको र १ सय ७० जनाको टाढा देख्ने लगायतका समस्या देखिएको थियो ।
उक्त शिविरमा नजिकको देख्न समस्या हुनेले (रिडिङ) परीक्षणकै क्रममा चस्मा लिएका थिए । टाढा देख्न समस्या भएकालाई यही मंशिर ८ गते शनिवार योजी माचुदाको समूहले चस्मा उपलब्ध गराउने भएका छन् ।
आँखा शिविरमा पालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल, प्रकाश उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि नारायण साह, समाजसेवी प्रेम लामा, ८ नं वडाका वडा अध्यक्ष मोतिलाल तामाड।, समाज सेवी तथा फोटो पत्रकार दिवाकर मास्के, विद्यार्थी, स्वयमसेवक, स्थानीय बासिन्दा लगायतको समूहले जापानी समाज सेवीको समूहलाई प्रकाश उच्च माध्यमिक विद्यालयमा भब्य स्वागत गरेका थिए ।
नेपालीको मायाले ओतप्रोत भएका जापानी समाजसेवी योजी माचुदा आफू उमेरहदका कारण सेवाबाट अवकाश भएपनि नेपालीहरुप्रतिको माया र सद्भावलाई निरन्तरता दिन सकियोस भन्दै साथमा मेघानेनो माचुदा कम्पनीका मेनेजर अर्थात् आफ्नै छोरा तासिकी माचुदालाई लिएर आएका थिए । उनको साथमा समाजसेवी किकुची योसिए पनि सहभागी भएका थिए ।
माचुदाको सेवा भावको पालिका अध्यक्ष भुजेल, प्रधानाध्यापक साह र वडा अध्यक्ष तामाङले मुक्तकण्ठले प्रशंसा गर्दै जापान र नेपाल बीचको सम्बन्धलाई निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया