मंगलबार, जेठ ६, २०८२

आमरण अनसनमा बस्दै अखिल क्रान्तिकारीका नेता

मेरोन्यूज २०८१ मंसिर ४ गते ११:१६

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरू आजदेखि आमरण अनसन बस्ने भएका छन् ।

अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष एवं केन्द्रीय कार्यालय प्रमुख केशव रावलसहित ४ नेताले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजेदेखि अनसन सुरु गर्न लागेका हुन् । रावलसँगै निवर्तमान उपमहासचिव प्रभाकर गुप्ता, निवर्तमान केन्द्रीय सदस्यहरू खकेन्द्र रावल र जनक ढुङ्गाना अनसनमा बस्नेछन् ।

नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनसन सुरु गर्न लागिएको उनीहरुले बताएका छन् ।

असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मेलन उमेरहद लगाउने कि नलगाउने विवादका कारण बन्दसत्र स्थगित भएको थियो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक पनि आज दिउँसो ४ बजे पेरिसडाँडामा बस्दैछ।

प्रतिक्रिया