आमरण अनसनमा बस्दै अखिल क्रान्तिकारीका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरू आजदेखि आमरण अनसन बस्ने भएका छन् ।
अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष एवं केन्द्रीय कार्यालय प्रमुख केशव रावलसहित ४ नेताले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजेदेखि अनसन सुरु गर्न लागेका हुन् । रावलसँगै निवर्तमान उपमहासचिव प्रभाकर गुप्ता, निवर्तमान केन्द्रीय सदस्यहरू खकेन्द्र रावल र जनक ढुङ्गाना अनसनमा बस्नेछन् ।
नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनसन सुरु गर्न लागिएको उनीहरुले बताएका छन् ।
असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मेलन उमेरहद लगाउने कि नलगाउने विवादका कारण बन्दसत्र स्थगित भएको थियो ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक पनि आज दिउँसो ४ बजे पेरिसडाँडामा बस्दैछ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया