कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी यादवलाई
मेरोन्यूज
२०७८ वैशाख ८ गते १३:४४

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेवप्रसाद यादवले पाउने भएका छन् । नेपाली कांग्रेसको आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले कानुन व्यवसायी यादवलाई निर्वाचन समिति संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यसअघि केन्द्र निर्वाचन समिति संयोजक राधेश्याम अधिकारी थिए । अधिकारीले गत चैत २० गतेको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजीनामा दिएका थिए । सोही बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको थियो। उनी राष्ट्रियसभाका पूर्व सदस्य तथा पूर्व महान्याधिवक्ता समेत हुन् ।
सम्बन्धित
















One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया