आजदेखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।
महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । “बिहान ९ बजेदेखि महोत्सव सुरु हुनेछ ।
निर्देशनसम्बन्धी कार्यशाला पनि हँुदैछ”, उहाँले भन्नुभयो,“वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेका लागि यो महोत्सव सुनौलो अवसर हो ।” कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थीतिसमेत रहने बताइएको छ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।














गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते
Gagan Thapa elected Nepali Congress Chairman
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया