पाकिस्तानमा पछिल्लो साम्प्रदायिक झडपमा कम्तीमा ३८ जनाको मृत्यु
मेरोन्यूज
२०८१ मंसिर ६ गते १९:०२

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।
शिया समुदायका दुई अलग–अलग समूहलाई कुर्रम जिल्लामा आतङ्ककारीहरूले निशाना बनाएका प्रहरीले बताएको छ ।
“दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,” स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताए ।
पाकिस्तानमा हुने सामुदायिक झडपमा परी बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया