चिसो बढेपछि सिरक डसनाको कारोबारमा वृद्धि

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना उद्योगमा आइपुग्छन् ।
उनी बिहानै इनरुवा बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा सिरक डसना बनाउने कार्यमा लागिपर्छन् । मन्सुरीको दैनिकी अहिले सिरक र डसना बनाउने कार्यमै बित्ने गरेको छ । केही दिनयतादेखि बढेको चिसोका कारण सुनसरीमा न्यानो लुगाको कारोवारमा वृद्धि भएको छ ।
उपभोक्ता चिसोको बेला आवश्यक पर्ने न्यानो लुगा किनमेल गर्न आएपछि यहाँ न्यानो लुगाको कारोवारमा वृद्धि भएको व्यापारीले बताएका छन् । चिसोका बेला आवश्यक पर्ने सिरक, डसना, रुवा, कुर्ता सुरुवाल, टोपी, बल्याङकेटलगायत लुगाको कारोवारमा वृद्धि भएको इनरुवा–१ स्थित साडी महलका सञ्चालक शम्भु मेहताले बताए ।
सिरक डसना बनाउनको सङ्ख्यामा वृद्धि भएको भोक्राहा–५ का खालीद मन्सुरीले बताए । इनरुवा, इटहरी, रामधुनी, झुम्का, धरान, बराहक्षेत्रलगायत स्थानमा दैनिकरुपमा रु २० लाखभन्दा बढीको न्यानो लुगाको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घ इनरुवाका सहसचिव गौतम झाले बताए ।
इनरुवामा करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यापारीले बताएका छन् । तयारी पोसाकमा ज्याकेट, स्वीटर, गल्बन्दी, टोपी, ट्रयाक्सुट, जम्फरलगायतको बिक्री बढ्नुका साथै सिरक डसना बनाउने क्रम बढेको व्यवसायीले बताएका छन् ।
चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्य वृद्धि गरेको स्थानीय उपभोक्ता चन्दन मेहताले बताए ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया