मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
मेरोन्यूज
२०८१ मंसिर ८ गते ८:४५

विराटनगर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ ।
गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो ।
माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह गर्ने र भगाईलाने कुरामा दोहोरी चल्ने रोमान्टिक भाव गीतमा प्रस्तुत गरिएको छ । विक्रम डिसीको छायाँकन , मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको छ ।
मौलिक पुर्वेली लोक भाकामा प्रस्तुत गरिएको गीतमा सस्कार र सस्कृतिलाई समेटिएको गायिकाले बताइन । गीतको भिडियोमा विल्सन विक्रम राई , एलिसा राई , सोनाम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस:
सम्बन्धित













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया