तनहुँमा जलविद्युत् आयोजनाको संरचना निर्माण गर्दा क्षति भएकालाई क्षतिपूर्ति दिन सुरु

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण सुरु गरिएको छ ।
प्याकेज–१ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गर्न सुरु गरेको हो । मुआब्जा निर्धारण समितिबाट निर्माण कार्यका कारण क्षति पुगेका ऋषिङ–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १९ घरपरिवारका घर तथा संरचनाको क्षतिपूर्ति निर्धारण गरेपश्चात् रकम वितरण थालिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार क्षति भएका घरको अनुगमनपश्चात् अधिकतम तीन लाख र न्यूनतम १० हजार क्षतिपूर्ति तोकिएको छ । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको क्षतिपूर्ति रकम वितरण गरिएको छ, ७० प्रतिशत घरधुरीले रकम बुझिसकेका छन् ।’
संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर, आयोजनाका इञ्जिनियरलगायत सदस्य थिए ।
आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम भइरहेको छ । यस प्याकेजअन्तर्गतका संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म यो प्याकेजको प्रगति ३५ दशमलव सात प्रतिशत रहेको भण्डारीको भनाइ छ ।
यो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण कार्य सुरु गर्न पूर्वतयारीका कार्यहरू भइरहेका छन् । भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान कार्य सम्पन्न गरिएको छ । भण्डारीले भने, ‘बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिटिङ र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।’
सेती नदीको दायाँबायाँ किनारतर्फ ग्राउटिङ ग्याली सुरुङ निर्माणका लागि खन्ने कार्य सुरु गरिएको छ भने सेती नदीको दायाँ किनारतर्फको इलिभेसन तह तीन सय ७५ मिटरमा ग्राउटिङ ग्यालरी सुरुङ निर्माणका लागि खन्ने र त्यसका आवश्यक सहयोगका लागि रकबोल्ट, सटक्रिट कार्यसहित यस अवधिमा दुई मिटर काम सम्पन्न गरिएको भण्डारीले बताए ।














HoR Election: Chief Election Officer Offices to be established today
निर्वाचन आयोग परिसरमा देउवा र गगन पक्षकाे प्रदर्शन, सुरक्षा व्यवस्था कडा
एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
खैरो हेरोइनसहित एक जना पक्राउ
Trump Announces Formation of Gaza Peace Council
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया