बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ सम्पन्न

भक्तपुर। बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ आईतबार सम्पन्न भएको छ । सम्मेलनमा थाइल्याण्डबाट आएकी ९८ वर्षिय आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने रु भन्ने विषयमा प्रवचन दिएकी छन् । कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरका जर्मन होम्समा सम्पन्न एक दिने सम्मेलनको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए ।
‘ धम्म डिस्कसन विद् आचार्य सुजिन ’ नामक सम्मेलनमा बुद्ध धर्मका विद्वान , अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरि थाइल्याण्ड सहित विभिन्न देशबाट ६० जना सहभागी थिए भने नेपालबाट ४ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमको उदघाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले बुद्धले दिनु भएको ज्ञानलाई आफ्नो जिवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । मन्त्री पाण्डेले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नु भन्दा पनि बुद्घको ज्ञानलाई आफ्नो जिवनमा अनुसरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन ।’
देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्घान्तिक भन्दा व्यवहारिक र सदाचारि बनाउनु पर्ने आवश्यकता औल्याउदै मन्त्री पाण्डेले शिक्षा पद्घति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनु पर्नेमा जोड दिए । विभिन्न देशका बुद्ध धर्मका आध्येताहरुलाई नेपालको धर्म संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने बताए । बुद्ध नेपालमा जन्मिएको भए पनि बुद्धको सन्देश विश्वभरि फैलाउन योगदान गरेकोमा मन्त्री पाण्डेले बुद्ध धर्मकी व्याख्याता आचार्य सुजिन लगायतको समूहलाई धन्यवाद दिए ।
उद्घाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पुर्व राजदुत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तेश्रो विश्व युद्घ त हुदैन रु भन्ने त्रास रहेको बेला बुद्घ जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जिवनमा अनुसरण गरिरहेका देशका विद्घानहरु एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्वपुर्ण भएको बताए ।
कार्यक्रममा भेनिरियल भिक्खु भन्टे सुमाङ्गलोले स्वागत मन्तव्य व्यक्त गर्दै बुद्धको शन्देश विश्व भर फैलाउन आचार्य सुजिनको योगदान स्मरणीय रहेको बताए । आयोजक कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्द बहादुर कार्कीले विश्व शान्तिको सन्देश फैलाउन सम्मेलन फलदायी भएको विश्वास व्यक्त गरे ।
कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा। डा।बाशुदेब काफ्ले, पुर्व उपकुलपति प्रा।डा।उपेन्द्र कोइराला, प्रा। डा। दयाराम श्रेष्ठ, बाग्मती प्रदेशका पुर्व सभामुख सानुकुमार श्रेष्ठ, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, बुद्धधर्मका अनुसन्धानकर्ता र शिक्षक तथा विद्यार्थी गरि करिव ५ सय जनाको सहभागि थिए ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया