धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी

काठमाडौं । सशुल्क सञ्चालनमा आए पछि धरहराले पहिलो दिन १ लाख २० हजार भन्दा बढी रूपैयाँ संकलन गरेका छ ।
धरहरा ब्यवस्थापन समितिका अनुसार धरहरा चढन शुल्क लगाएको पहिलो दिन १ लाख २० हजार ६५० रूपैयाँ राजश्व संकलन भएको हो ।
यस अघि निःशुल्क चढने ब्यवस्था गरे पनि आइतवारवाट शुल्क लगाउन सुरू गरिएको थियो । जसअनुसार आइतवार पहिलो दिन ६६३ जनाले चढेका थिए ।
धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेक पर्यटकलाई १ हजार शुल्क लगाउन सुरू गरिएको छ ।
साथै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।
धरहरा गत असाेज ३ काे संबिधान दिवसकाे दिनवाट सर्वसाधारणका लागि खुल्ला गरिएकाे थियाे । गत शनिवारसम्म धरहरा चढन पैसा नलागे पनि हिजाेवाट भने पैसा तिरेर मात्रै धरहरा चढने नियम बनाइएकाे हाे ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया