तोकियो एनपीएलको टिकट मूल्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका निम्ति टिकट मूल्य तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्तिमार्फत प्रतियोगिताका निम्ति टिकटदर कायम गरेको जनाएको हो ।
क्यानका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरु हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्नेछ ।
यस्तै, प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । प्रतियोगिताको फाइनलका निम्ति भने सामान्यतर्फ ५०० रुपैयाँ नै रहँदा भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।
क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । क्यानले सिजनल पास खरिद गर्ने समर्थकलाई २० प्रतिशत छुट दिएको छ । जसअनुसार समर्थकले सामान्यतर्फ चार हजार ४८० रुपैयाँ र भीआईपीतर्फ आठ हजार २४० रुपैयाँमा सिजनल पास किन्न सक्नेछन् । क्यानले सिजनल पास खरिद गर्ने दर्शकहरुलाई एक्रिडिटेसन कार्ड र आधिकारिक मर्चन्डाइजको व्यवस्था गरिने समेत जनाएको छ ।
क्यानले प्रतियोगिताका निम्ति आज (मंसिर १० गते) राति आठ बजेदेखि टिकट डिजिटल पे वालेट खल्तीबाट खरिद गर्न सकिने समेत जनाएको छ ।
क्यानको आयोजनामा हुन लागेको एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया