इजिप्टमा डुङ्गा दुर्घटनामा परी १७ पर्यटक बेपत्ता

एजेन्सी। इजिप्टको रेड सीको तटमा सोमबार एक पर्यटक लिएर यात्रा गरिरहेको डुङ्गा पल्टिँदा विदेशीसहित १७ जना बेपत्ता भएको र अन्य २८ जनाको उद्धार गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।
उक्त डुङ्गामा विभिन्न देशका ३१ जना पर्यटक र १४ जना चालक दलका सदस्य सवार रहेको र स्थानीय समयअनुसार बिहान ५ः३० बजे आपतकालीन सङ्केत पठाइएको इजिप्टको रेड सी प्रान्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इजिप्टको दक्षिणपूर्वमा रहेको पोर्ट गालिबबाट यात्राका लागि आइतबार ‘द सी स्टोरी’ नामक उक्त डुङ्गा छुटेको थियो र शुक्रबार २०० किलोमिटर उत्तरमा रहेको हुरघाडा सहरमा पुग्ने कार्यक्रम रहेको थियो ।
गभर्नर अम्र हानाफीले एक विज्ञप्ति जारी गर्दै केही जीवित व्यक्तिलाई डुङ्गा र पानी जहाजको मद्दतबाट उद्धार गरिएको र युद्धपोतमार्फत सुरक्षित स्थानमा पर्याएको बताएका छन् ।
उनले भने, “नौसेना र सशस्त्र बलको समन्वयमा सघन खोजी कार्य जारी छ।
गम्भीर आर्थिक सङ्कटमा परेको १० करोड ५० लाख जनसङ्ख्या भएको इजिप्टको प्रमुख पर्यटकीय गन्तव्य रेड सी हो । यस क्षेत्रले २० लाख मानिसहरूलाई रोजगार दिन्छ र कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान गर्दछ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया