‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप

हैदाराबाद। अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ बाट चर्चामा आएका टलिउड अभिनेता श्रीतेजमाथि एक महिलाले विवाहको बहानामा शारीरिक तथा आर्थिक शोषण गरेको आरोप लगाएकी छन् ।
ती पीडित महिलाको उजुरीको आधारमा हैदरावादको कुकटपल्ली पुलिस स्टेशनमा अभिनेता विरुद्ध मुद्दा दर्ता गरिएको छ। साथै यस विषयमा अनुसन्धान भईरहेको छ ।
इन्डिया टुडेका अनुसार ती महिलाले नोभेम्बर २५ मा हैदराबादको कुकटपल्ली पुलिस स्टेशनमा उजुरी दिएकी थिइन् । अर्चना नामकी महिलासँग पहिलेदेखि नै श्रेतेजले सम्बन्ध राख्न दबाब दिएको महिलाले बताइन् ।
यति मात्र होइन, अभिनेताले झुटो बोलेर २० लाख रुपैयाँ पनि लिएको पीडितले बताइन् । उनलाई मानसिक र आर्थिक रुपमा समेत दुव्र्यवहार गरिएको थियो ।
पीडितले गत अप्रिलमा पनि श्रीतेजविरुद्ध उजुरी दिएकी थिइन् । तर त्यसबेला अभिनेताका परिवारले सबै समस्या छिट्टै समाधान हुने आश्वासन दिएकाले उनले आफ्नो गुनासो फिर्ता लिएका थिए ।










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया