किन अभिनय छाड्न चाहन्थे अभिषेक बच्चन ?

काठमाडाैं । बलिउड अभिनेता अभिषेक बच्चनको फिल्म ‘आई वान्ट टु टक’ हालै रिलिज भएको छ । चलचित्रको प्रचारप्रसारमा यतिबेला उनी व्यस्त छन् ।
यसैबीच एक अन्तर्वार्तामा अभिषेकले आफ्ना सबै फिल्म लगातार फ्लप भइरहेका बेला अभिनय छाड्ने सोच बनाएको खुलासा गरेका छन् । ‘मेरो लगातार फिल्म फ्लप भइरहेको थियो। अचानक मेरो अभिनयलाई लिएर पनि आलोचना सुरू भयो। त्यतिबेला म ठूला-ठूला निर्देशकसँग काम गरिरहेको थिएँ। मनमा यो आशा थियो कि उनीहरू मलाई केही सिकाउँछन् र गलति सुधार्छु। तर केही परिवर्तन भइरहेको थिएन,’ उनले भने।
अभिषेकले आफु अभिनयको लागि नबनेको भन्दै बुबालाई भनेकाे बताए । ‘मैले बुवालाई म अभिनयको लागि बनेको होइन रहेछु भनें। त्यतिबेला मैले अरू केही गर्ने सोच बनाएँ। तर बुवाले मलाई अभिनय छाड्ने होइन, केही सिकेर राम्रो अभिनेता बन भन्ने सल्लाह दिनुभयो। उहाँले जुन फिल्म पाए पनि साइन गर भन्नु भयो। मैले त्यस्तै गरें’ उनले भने।














पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया