किन अभिनय छाड्न चाहन्थे अभिषेक बच्चन ?

काठमाडाैं । बलिउड अभिनेता अभिषेक बच्चनको फिल्म ‘आई वान्ट टु टक’ हालै रिलिज भएको छ । चलचित्रको प्रचारप्रसारमा यतिबेला उनी व्यस्त छन् ।
यसैबीच एक अन्तर्वार्तामा अभिषेकले आफ्ना सबै फिल्म लगातार फ्लप भइरहेका बेला अभिनय छाड्ने सोच बनाएको खुलासा गरेका छन् । ‘मेरो लगातार फिल्म फ्लप भइरहेको थियो। अचानक मेरो अभिनयलाई लिएर पनि आलोचना सुरू भयो। त्यतिबेला म ठूला-ठूला निर्देशकसँग काम गरिरहेको थिएँ। मनमा यो आशा थियो कि उनीहरू मलाई केही सिकाउँछन् र गलति सुधार्छु। तर केही परिवर्तन भइरहेको थिएन,’ उनले भने।
अभिषेकले आफु अभिनयको लागि नबनेको भन्दै बुबालाई भनेकाे बताए । ‘मैले बुवालाई म अभिनयको लागि बनेको होइन रहेछु भनें। त्यतिबेला मैले अरू केही गर्ने सोच बनाएँ। तर बुवाले मलाई अभिनय छाड्ने होइन, केही सिकेर राम्रो अभिनेता बन भन्ने सल्लाह दिनुभयो। उहाँले जुन फिल्म पाए पनि साइन गर भन्नु भयो। मैले त्यस्तै गरें’ उनले भने।
















‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया