सोमबार, चैत ९, २०८२

चीनद्वारा नेपालका बाढीपिडितलाई सौर्य बत्ती दान

मेरोन्यूज २०८१ मंसिर १२ गते १८:००

काठमाडौं । गत असोज १० गते देखि १३ गते सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेका नेपालका दुर्गम गाउँहरूलाई सोलार बत्ती वितरण गरिएकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

चीनले “गाउँ उज्यालो बनाऊँ “ सौर्य बत्ती दान परियोजनाअन्तर्गत रोशी गाउँपालिकाका ५ सय घर धुरीलाई मंगलबार सोलार बत्ती वितरण गरेकाे हाे।

कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छि शान, छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृती फाउण्डेसनका महासचिव यिन लियाङ, रोशि गाऊँपालिका अध्यक्ष दिनेश लामा, छोङछिङ ह्वायान गुम्बा मास्टर ताओ चेन, रोशि गाउँपालिकाका उपाध्यक्ष मीम बहादुर लामा, वार्ड नं ११ का अध्यक्ष मान बहादुर तामाङ, रसुवा जिल्ला समन्वय प्रमुख अशोक घिमिरे लगायतको उपस्थिति थियो ।

चिनियाँ काउन्सिलरले नेपाल र चीन बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने र बत्ती नभएका गाउँमा बत्ती बाल्ने र पिउने पानीको अभाव भएका क्षेत्रमा पानी पुर्याउँन सकिने गरी काम अघि बढाउन पहल गर्ने बताए ।

‘नेपालका धेरै दुर्गम क्षेत्रहरू लामो समयदेखि विद्युत आपूर्तिको अभावको सामना गर्दै आएका छन् । रातको समयमा, गाउँलेहरूको जीवन, शिक्षा र सुरक्षामा विभिन्न समस्याहरू रही आएका छन् । प्रकाशको अभावले दैनिक गतिविधिमा मात्र नभई रात्रि समयमा बालबालिकाहरूको पढाइमा पनि धेरै असर पारेका छन्, जसले उनीहरूको भविष्य परिवर्तन गर्ने अवसरलाई कमजोर बनाउँछ,’ काउन्सिलर छि शानले भने ।

नेपालका दुर्गम गाउँहरूलाई “अन्धकारको समस्याबाट मुक्त गर्न सहयोग गर्न, नेपालस्थित चिनियाँ राजदूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर, र छोङछिङ बत्ती स्थापना परियोजना सुरु गरेका छन् । नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनले संयुक्त रूपमा “गाउँ उज्यालो“ सौर्य परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५ सय घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्य बत्ती प्रदान गर्ने योजना बनाएको जनाइएकाे छ ।

पहिलो चरणमा यो परियोजनाले बागमती प्रदेश, लाभान्वित भएका छन् । यस्तै काभ्रेपालाञ्चोक जिल्लाका मिन्दुपा गाउँ र सिम गाउँलाई समेट्दै लगभग ८० घरपरिवारलाई सोलार लाइट दिइएकाे जनाइएकाे छ ।

यो परियोजना दान छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनले वर्षौंदेखि पालन गर्दै आएको “दयाको भावना, सबैलाई सहयोग“ भन्ने दर्शनको उदाहरण हो । साथै, यो चीनको “बेल्ट एण्ड रोड“ पहलमा पनि महत्त्वपूर्ण योगदान हो । सौर्य बत्तीको प्रयोगले हरित ऊर्जा प्रविधिको प्रवर्द्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन पनि गर्नेछ ।

कार्यक्रममा छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेशनका प्रतिनिधिले भने, “गाउँ उज्यालो परियोजना केवल भौतिक वस्तु दान मात्र होइन, यसले आशा र दयाको भावना पनि प्रवाहित गर्दछ । सौर्य बत्तीको प्रकाशबाट गाउँलेहरूको जीवनलाई सहज, सुरक्षित र आशा प्रदान गर्ने लक्ष्य राखिएको छ । साथै बालबालिकाहरूलाई उज्ज्वल भविष्यतर्फ उन्मुख गर्नका लागि प्रेरित गर्नेछ ।”

नेपालको काभ्रेपालाञ्चोक जिल्लाको रोशी गाउँपालिकाका प्रमुख दिनेश लामाले आफ्नो सम्बोधनमा चीनबाट प्राप्त सहयोगी भावनाको लागि हार्दिक धन्यवाद व्यक्त गर्दै यस परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे। साथै, यसले नेपाल–चीन जनताको मित्रतालाई थप प्रगाढ बनाउने पनि बताए ।

भविष्यमा, ह्वायान मन्दिर र फाउन्डेशनले बौद्ध धर्मको परोपकारी दर्शनलाई अनुसरण गर्दै सभ्यताको आदानप्रदान र समझदारीलाई बढावा दिन, र संकटमा परेकाहरूलाई सहयोग गर्न निरन्तर काम गर्ने बताएकाे छ ।

प्रतिक्रिया