वैदेशिक ऋण अहिले नेपालको हितमा छैन : नेता साउद

बैतडी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताएका छन्।
बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपालको ऋण लिने सक्ने सामर्थ्य नरहेकाले सरकारले अनुदान मात्रै लिनुपर्ने बताए। चिनियाँ परियोजना बिआरआईको विषयमा आफ्नो धारणा राख्दै उनले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको बताए।
“नेपालको अर्थतन्त्रले दबाब र चापमा काम गरिरहेको परिस्थितिमा थप ऋण लिन हुँदैन। ऋण लिन सक्ने नेपालको सामर्थ्य नभएकाले छिमेकी राष्ट्रहरुबाट हाम्रो प्राथमिकताको पक्ष अनुदान र सहयोग हो, हामी ऋण थप्ने पक्षमा छैनौँ”, नेता साउदले भने। आसन्न उपनिर्वाचनमार्फत जनताले सरकारबाट पाएको सेवा सुविधाको मूल्याङ्कन गर्ने उनले बताए। गत आमनिर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरुको कारबाही फकुवा गर्नेबारे केन्द्रमा छलफल चलिरहेको नेता साउदले बताए।
कांग्रेसको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधिका रुपमा नेता साउदसँगै खटिएका केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आङ्गेलु शेर्पाले पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको बताए।
उनले भने, “अभियान प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ। यसले आगामी दिनमा कांग्रेसलाई थप मजबुद र सबै तहका सांगठनिक गतिविधि प्रभावकारी हुने विश्वास छ।”
















अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया