अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ ।
विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ । वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्याङ्कीमा जम्मा गरिएको छ । उक्त संस्थाको रु १२ लाख र विद्यालयको रु एक लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो ।
उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेकोे छ । नगरपालिकाको ११ वटा वडामा वर्षौँदेखि खानेपानीको समस्या छ । स्थानीयवासी ट्रयाक्टर तथा गाग्रीमा दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् । चार हजार आठ सय ९७ उपभोक्ता दूधकोशी नदीको पानी लिफ्ट गरेर वितरण गर्नेगरी सञ्चालित ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अलपत्र छ । सरकारको रु ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र भएको हो ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया