स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई
मेरोन्यूज
२०८१ मंसिर १४ गते १९:४९

काठमाडाैं। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एनपीएल सुरु हुनु एक दिनअघि सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सका खेलाडीलाईभेटेका छन्।
आफू पनि गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने बताउँदै पोखराको हस्पिटालिटी पार्टनर सोल्टी होटलमा बसेका खेलाडीहरूलाई उनले जितको अग्रिम शुभकामना दिए।
‘म पनि तनहुँमा जुन जन्मेको पोखरामा हुर्केको हुँ। त्यसैले मेरो समर्थन पोखरा एभेन्जर्सलाई छ। तपाईँहरू ट्रफी जितेर आउनुस्। अग्रिम शुभकामना छ,’ खेलाडीलाई भेटेर पौडेलले शुभकामना दिए।
कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एनपीएलको ट्रफी उचाल्न टिम तयार भएको बताए। ‘एनपीएलको ट्रफी उचालेपछि फेरि मन्त्रीज्यबाट स्वागतका क्रममा भेट हुनेछ, ‘ त्रिपाठीले विश्वास व्यक्त गरे। एनपीएल शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।


सम्बन्धित
















अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया