मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग

कञ्चनपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै आज ध्यानाकर्षणपत्र बुझाइएको छ ।
विमानस्थल पुनःसञ्चालन समिति कञ्चनपुरका पदाधिकारीले उनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा विमानस्थल पुनःनिर्माणमा ढिलाइ भरहेको भन्दै सो कार्य तत्काल अगाडि बढाउन आग्रह गरिएको कञ्चनपुर होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष परमानन्द भण्डारीले जानकारी दिए ।
ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ठकुरीले निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । । यसअघि उनले विमानस्थलको पुनःनिर्माण भइरहेको धावनमार्ग, एप्रोन, कार पार्किङ, नालासहितको कामको अनुगमनसमेत गरेका थिए ।
वि.सं. २०२४ मा निर्माण भई विसं २०५६ सम्म विमानस्थल सञ्चालनमा रहेको थियो । तत्कालीन माओवादी सशस्त्र विद्रोह सुरु भएपछि विमानस्थल सुरक्षाको कारण देखाउँदै बन्द गरिएको हो ।
विमानस्थल पुनःसञ्चालन गर्नका लागि विसं २०७७ फागुन ३ गते पर्यटन मन्त्रालयमा भएको सहमतिअनुसार ५० प्रतिशत सङ्घीय, २५ प्रतिशत प्रदेश सरकार, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधारा चाँदनी नगरपालिकाले बेहोर्ने सहमति भएको थियो ।
सम्झौताअनुसार ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ तर हालको क्षेत्र विस्तार गर्न दक्षिणतर्फ छ सय ६५ मिटर थप्ने घोषणा गरिएको थियो ।
विमानस्थल सञ्चालनमा आएमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा पर्यापर्यटन फस्टाउनुका साथै दोधारा चाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाह, दैजिछेलामा बन्ने औद्योगीक क्षेत्र, महाकाली करिडोरलगायतको महत्व बढ्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीको भनाइ छ ।
















काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया