लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक

रसुवा । हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर १४ गतेसम्म लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा २२ हजारभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरिसकेको र हाल दैनिक २५ देखि ३० जनासम्म आउने गरेको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण प्रमुख श्यामकुमार साहका अनुसार निकुञ्जमा प्रवेश गरेबापत नियमानुसारको शुल्कबाट कूल रु एक करोड ६८ लाख ७५ हजार ८०० राजस्व सङ्कलन भएको छ । नेपालीलाई रु १००, सार्क राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र अन्य देशका लागि रु तीन हजार निकुञ्ज प्रवेश गरेबापत शुल्क लिने कानुनी प्रावधान रहेको बताइएको छ ।
प्रत्येक वर्ष असोजदेखि पुस १५ र फागुनदेखि जेठ १५ गतेसम्म यी दुई याममा पर्यटकको आगमन हुने गरेको निकुञ्जले जनाएको छ । पर्यटकको सुविधाका लागि काठमाडौँमा भृकुटीमण्डप र रसुवाको धुञ्चे व्रावल तथा हेलम्बु पोष्टका स्थानबाट शुल्क लिने व्यवस्था मिलाइएको पर्यटकका अभिलेखकर्ता रेञ्जर केशव ढडारीले जानकारी दिए ।
पवित्रतीर्थ गोसाईंकुण्ड रहेका कारण आन्तरिक पर्यटक भने बढी मात्रामा गोसाईंकुण्ड केन्द्रित हुने गरेको बताइएको छ । रसुवाको उच्च भागमा रहेका हिमशृङ्खला, सेताम्मे हिमाल, ताल तलैया, ककरो भीर, उकाली ओराली भञ्ज्याङ चौतारी, स्थानीय भेषभूषा, भर्ना, स्थानीय परिकारका खाना एवं विविध प्राकृतिक सम्पदाले रम्न पाइने गरेको व्यवसायी बताउँछन् ।
पर्यटकीय मार्गको धुन्चे-गोसाइँकुण्ड, ठूलोस्याफ्रु, स्याफ्रु–लाङटाङका मार्गका सबै होटल तथा लज चालु रहेको र खान बस्न कुनै समस्या नहुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले जानकारी दिए ।
यस्तै गोसाईंकुण्ड तथा लाङटाङ पदमार्गमा भ्रमण गर्दा निस्कने फोहर तोकिएको स्थानमा मात्र फ्याक्न, बाटोमा भेटिने जनावरलाई माया गरी संरक्षण गरिदिन, कुनै पनि वनस्पति नकाट्न सबै यात्रुमा अनुरोध गरिएको वरिष्ठ संरक्षण प्रमुख साहले अनुरोध गरे ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया