स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन

काठमाडौं, १५ मंसिर । स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि आज हुदैँछ ।
निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे हिजाे जानकारी दिएकाे थियाे, आज भने मतदान प्रकिया सुरू हुनेछ ।
आयोगका अनुसार निर्वाचन हुने स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रहरूमा आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। एक-एक नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाकाका २ अध्यक्ष र ४ उपाध्यक्ष र ३३ वडाध्यक्षसहित ४१ पदका लागि आज उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएकाले ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नीता पोख्रेल अर्यालले अनुराेध गरेकी छिन् ।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाइनेछ।
















यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा
बाँकेमा रु तीन करोडभन्दा बढी जरिवाना असुल
२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया