आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं

काठमाडौं, १६ मंसिर । आज हुन गइरहेको ४१ पदको उपनिर्वाचनका लागि बिभिन्न कुरामा निषेध गरिएको छ ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ , यदी लगाएको भेटिएमा कारवाही गरिने उसको भनाइ छ ।
साथै, आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पनि प्रस्ट पारेको छ ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार प्रतिनिधि र मतदातालाई मतदानका दिन पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्देशन पालना गर्नु पर्ने पुनः स्मरण गराएको छ ।
आयोगकी सह सचिव एवम प्रवक्ता निता पोखरेलका अनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्तिलाइ मतदान केन्द्रमा प्रवेश निषेध गरिएको छ ।
आयोगले मतदानको दिन आचारसंहिता विपरितका कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारवाही गर्न र मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरित कुनै कार्य वा अन्य अवाञ्छित गतिविधी हुन नदिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया