आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं

काठमाडौं, १६ मंसिर । आज हुन गइरहेको ४१ पदको उपनिर्वाचनका लागि बिभिन्न कुरामा निषेध गरिएको छ ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज नलगाउन अनुरोध गरेको छ , यदी लगाएको भेटिएमा कारवाही गरिने उसको भनाइ छ ।
साथै, आयोगले मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पनि प्रस्ट पारेको छ ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार प्रतिनिधि र मतदातालाई मतदानका दिन पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्देशन पालना गर्नु पर्ने पुनः स्मरण गराएको छ ।
आयोगकी सह सचिव एवम प्रवक्ता निता पोखरेलका अनुसार मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्तिलाइ मतदान केन्द्रमा प्रवेश निषेध गरिएको छ ।
आयोगले मतदानको दिन आचारसंहिता विपरितका कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारवाही गर्न र मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरित कुनै कार्य वा अन्य अवाञ्छित गतिविधी हुन नदिन सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।
















आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया