नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटे
मेरोन्यूज
२०७८ वैशाख ९ गते १३:००

काठमाडौं । नेकपा एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू समूहका नेताहरुसँग छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार साँझ भएको वार्ताबारे ब्रिफिङ गर्न नेपाल आन्तरिक छलफलमा जुटेका हुन् ।
ओलीसँगको भेटपछि नेता नेपालले साथीहरुसँग छलफल गरेर मात्र प्रतिक्रिया दिने बताएका थिए । राजधानीको एक होटलमा दुई घण्टा बढी भएको ओली नेपाल भएको छलफलको सार्वजनिक गरिएको छैन । नेपाल समूहले छलफल गरेर त्यसबारे निर्णय लिइने तयारी गरेकोछ ।
नेपाल पक्षमा आजै ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी भइरहेको छ । ७ वैशाखमा ओलीले माधव नेपालसहित २७ जनालाई दुई दिने स्पष्टीकरण सोधेका थिए ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया