रौतहटमा नेकपा यश बिजयी

रौतहट । रौतहट स्थित ३ वडा अध्यक्ष पदको लागी आईतवार भएको उप निर्वाचनमा २ वडामा कांग्रेस र १ वडामा एकीकृत समाजवादीका उमेदवार बिजयी भएका छन्।
नेपाली कांग्रेस मधेश प्रदेशका सभापती पूर्व मन्त्री कृष्ण प्रसाद यादवको गृह वडा गढीमाई नगरपालिका -८ मा समाजबादी उमेदवार बिजयी भएका हुन्। अध्यक्षमा नेकपा एकिकृत समाजवादीका बजरंगी प्रसाद यादव निर्वाचित भएका छन्। प्रदेश सभापती यादवका आफन्त एवं वडा अध्यक्षका उम्मेदवार सुवोध कुमार यादव मत परिणाम अनुसार तेस्रो स्थानमा पुगेका छन्।
सोमवार बिहान ४ बजे निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका उमेदवार यादव २४ मतले वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनले कुल ६ सय ५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउती देवी यादव कुल ६ सय ३१ मत प्राप्त गरेकी छन्। त्यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुबोध कुमार यादवले कुल ६ सय १७ मत पाएका छन्।
निर्वाचनमा मतगणनाको सुरु देखि नै नेकपा एमाले अग्रता कायम राखेका थिए तर अन्त्यमा एक्कासी नेकपा एकीकृ
त समाजवादीले जीत हात पारेका छन्।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सन्देश प्रसाद यादवले जम्मा २ सय ५८ मतमै चित बुझाएका छन्।
जनमत पार्टीले जम्मा ८ मत मात्र प्राप्त गरेका छन्। निर्वाचनमा कुल मतदाता संख्या २ हजार ७ सय ५१ रहेकोमा जम्मा २ हजार २ सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी दिएका छन।
ईशनाथ नगरपालिका ७ मा नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्। खलिकले ६२७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याएका छन्।
यसै गरी राजपुर नगरपालिका ६ मा नेपाली काँग्रेसका समसे आलमले ७४४ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन्।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया