लेबनानमा भएको इजरायली हमलामा ९ जनाको मृत्यु

काठमाडौँ । दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ ।
इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौं मानिसहरुको नरसंहार र सीमामा ठूलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबार देखि लागु भएको युद्धविराम उल्लङ्घनको आरोपको सामना गर्नुपरेको छ ।
इजरायली सेनाले विज्ञप्ति मार्फत लेबनानमा दर्जनौँ पूर्वाधार लक्षित आक्रमण गरेको जनाएको छ। यसै गरी इजरायलले लेबनानमा सम्बन्धित पक्षहरूले जिम्मेवारी पूरा गर्न र हिजबुल्लाहको गतिविधिलाई रोक्न माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले ह्यारिस गाउँमा भएको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको तथा तल्लुस गाउँमा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाएको छ ।
यसअघि, हिजबुल्लाहले इजरायल र लेबनानको सीमा क्षेत्रको विवादित भागमा रहेको “कफर शौबाको पाहाडमा इजरायल लक्षित आक्रमण गरेको जनाएको थियो ।
इजरायली सेनाले हिज्बुल्लाहले विवादित शेबा क्षेत्रमा रहेको आफ्नो चौकी तिर दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घनको आरोप लगाएउदै जवाफ दिने वाचा गर्नु भएको छ भने इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि कडा प्रतिक्रिया दिने वाचा गर्नु भएको छ ।
त्यसको केही समयपछि, इजरायली सेनाले लेबनानका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलसँगको सीमाबाट करिब २० किलोमिटर टाढाका क्षेत्रहरूमा आक्रमण भएको रिपोर्ट गरेको छ ।













गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया