वन सचिवमा डा कँडेल

काठमाडौँ । नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयका सचिवमा डा पेमनारायण कँडेललाई सरुवा गरेपछि उनी आजदेखि मन्त्रालयमा हाजिर भएका छन् । मन्त्रालयका यसअघिका सचिव डा विश्वनाथ ओलीले आफ्नो पदावधि पूरा गरी मङ्गलबार अवकाश पाएका थिए ।
सोमबारको मन्त्रिपरिषद् बैठकले डा कँडेललाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । विसं २०४३ मा रेञ्जरबाट सेवा प्रवेश गरेका डा कँडेल विसं २०५१ मा अधिकृत र विभिन्न जिल्लामा जिल्ला वन अधिकृतको अनुभव हासिल गरी विसं २०६६ मा सहसचिवमा पदोन्नति भएका थिए ।
तत्कालीन भूसंरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयको योजना महाशाखा प्रमुखमा लामो समयको अनुभवपछि डा कँडेलले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका सदस्यसचिवमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । प्रदेश नं २ को प्रदेश वन सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक भई सचिवमा पदोन्नति भएपछि यसअघि उनी कृषि तथा पशुपक्षी मन्त्रालयमा करिब साढे चार महिनादेखि कार्यरत थिए । रासस
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया