वन सचिवमा डा कँडेल

काठमाडौँ । नेपाल सरकारले वन तथा वातावरण मन्त्रालयका सचिवमा डा पेमनारायण कँडेललाई सरुवा गरेपछि उनी आजदेखि मन्त्रालयमा हाजिर भएका छन् । मन्त्रालयका यसअघिका सचिव डा विश्वनाथ ओलीले आफ्नो पदावधि पूरा गरी मङ्गलबार अवकाश पाएका थिए ।
सोमबारको मन्त्रिपरिषद् बैठकले डा कँडेललाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो । विसं २०४३ मा रेञ्जरबाट सेवा प्रवेश गरेका डा कँडेल विसं २०५१ मा अधिकृत र विभिन्न जिल्लामा जिल्ला वन अधिकृतको अनुभव हासिल गरी विसं २०६६ मा सहसचिवमा पदोन्नति भएका थिए ।
तत्कालीन भूसंरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयको योजना महाशाखा प्रमुखमा लामो समयको अनुभवपछि डा कँडेलले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका सदस्यसचिवमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । प्रदेश नं २ को प्रदेश वन सचिव र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशक भई सचिवमा पदोन्नति भएपछि यसअघि उनी कृषि तथा पशुपक्षी मन्त्रालयमा करिब साढे चार महिनादेखि कार्यरत थिए । रासस
















मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया